थलारा गाउँपालिकामा करार कर्मचारीलाई हाजिर नगर्न आग्रह

Image

सत्यराज सिंह : बझाङको थलारा गाउँपालिकाले करार कर्मचारीहरुलाई हाजिर नगर्न आग्रह गरेको छ । सोमबार गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।

हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् । गाउँपालिकाले असार ३० गते बसेको बैठकबाट सो निर्णय लिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा उल्लेख भएअनुसार, सेवा नवीकरणको प्रक्रिया नहुने हुँदा वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत करार कर्मचारीहरूलाई  हाजिर नगराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

यस निर्णयले करार सेवामा रहेका कर्मचारीहरूलाई समयमै वैकल्पिक व्यवस्थाको तयारी गर्न संकेत दिएको छ भने स्थानीय तहमा स्थायी दरबन्दीमार्फत दक्ष जनशक्ति परिचालन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन