मानव अधिकार एलाइन्सको स्थापना दिवसमा जिल्ला अस्पतालमा फलफुल वितरण

Image

बझाङ।  मानव अधिकार एलाइन्स बझाङ जिल्ला शाखाले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरेको छ। आईतबार आयोजित कार्यक्रममा मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष विरेन्द्र खड्काको नेतृत्वमा बिरामीहरूलाई फलफुल वितरण गरिएको हो। कार्यक्रममा नेकपा एमाले बझाङका जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीसहित अन्य मानव अधिकारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा गरिएको यो सामाजिक कार्यले बिरामीहरूमा सकारात्मक ऊर्जा र सहयोगको भावना जागृत गराएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले मानव अधिकार एलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरू गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि मानवीय सेवामूलक गतिविधिहरूलाई प्राथमिकतामा राखिने बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन