बालबालिकाका याेजना समावेश गराउन नगरस्तरिय बालभेला सम्पन्न

Image

बझाङ,
बालबालिकाको आवाज योजना निर्माणमा समावेश गराउने उद्देश्यले जयपृथ्वी नगरपालिकामा दुईदिने नगरस्तरीय बालभेला सम्पन्न भएको छ। । प्रगतिशिल युवासमाज , वल्ड भिजन इन्टरनेश्नल नेपालकाे आयाेजना र जयपृथ्वी नगरपालिकाकाे समन्वयमा आज चैनपुरमा सम्पन्न भएकाे हाे । प्रगतिशिल युवा समाज र वल्डभिजन अन्तर्गत लागुभएकाे बाल संरक्षण परियाेजना लागुभएका जयपृथ्वी नगरपालिकाका वडाका बालबालिकाहरूकाे भेला गरिएकाे बाल संरक्षण परियाेजना अधिकृत बिनाेद थापाले बताए । भेलामा बालबालिकाहरूले प्राथमिकताकाे आधारमा आफ्ना याेजनाहरू छनाेट समेत गरेका छन् । दुई दिन सम्म सदरमुकाम चैनपुरमा भएकाे भेलामा बालबालिकाले नगरपालिकामा बुझाउनका लागि खेलकुद मैदान निर्माण, सबैवडामा खेल सामाग्रीकाे व्यवस्थापन, बालविवाह विरूद्व सबै वडामा सचेतना कार्यक्रम, समुदायमा बालमैत्री पुर्वाधार निर्माण, लागुओैषध हानिकारक प्रथा विरूद्वका सचेतना कार्यक्रम लगाएतका याेजनाहरू प्रथमिकताकाे आधारमा छनाेट गरेका छन् ।

कतिपय वडाहरूले बालबालिकाकाे क्षेत्रमा बजेट विनियाेजन नगर्ने, बाल सहभागिता नगराउने गरेकाले अब यस्ताे अवस्था नआवस भन्नका लागि प्राथमिकताका आधारमा नगरस्तरिय बाल भेलाले याेजना छनाेट गरिकाे गरेकाे बालभेलामा सहभागी आयुसा सुवेदीले बताइन् । उनले भनिन्, ´हाम्राे छलफल बाट आएका याेजनाहरू प्राथमिकताकाे आधारमा छनाेट गरेका छाै । केही दिनमा नगरपालिकामा बुझाउने छाै । आशा छ । यी याेजनाहरू समावेश गरेर बजेट विनियाेजन गरिदिनुहुनेछ ।`

प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले बालबालिकाको सशक्तिकरणलाई दिगो विकासको आधारका रूपमा व्याख्या गर्दै भने, ´समावेशी योजना निर्माणका लागि बालबालिकाको सक्रिय सहभागिता अनिवार्य छ। बालभेलामार्फत उनीहरूको आवाज उजागर गर्न हामीले सहजकर्ताको भूमिका निर्वाह गरेका हौं। आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिइनेछ।`

जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल ले बालबालिकाको प्रस्तावहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ´बालबालिकाबाट आएका सुझावहरू यथार्थपरक र समसामयिक छन्। नगरपालिकाले तिनीहरूलाई गम्भीरतापूर्वक लिएर आगामी नीतिगत तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्नेछाै।`

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन