बझाङ । बुंगल नगरपालिका–७ मा पनि एमाले वडा अधिवेशन हिजो सम्पन्न भएको छ । शनिबार भएकाे अधिवेशनमा धनजित धामीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ।
‘घर फर्कौं’ अभियान अन्तर्गत २०७४ सालमा निर्वाचित दलित महिला सदस्य मैना बिक, हालका निर्वाचित वडा सदस्यका श्रीमान रमेश बोहरा प्रगतिशिल शिक्षक संगठन बुंगल कार्यसमितिका सदस्य गणेश भण्डारी लगायतलाई एमालेमा समाहित गराइएको छ ।
पार्टीले यो अभियानलाई निरन्तरता दिने घोषणा गर्दै, आगामी दिनहरूमा अझ धेरै नेताकार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्ने योजना बनाएको छ । वडा कमिटी गठनसँगै स्थानीय तहमा संगठन विस्तार गर्दै, एमालेले आफ्नो प्रभाव क्षेत्र थप मजबुत बनाउने रणनीति अपनाएको युवा उद्धमि तथा स्थानीय बिरेन्द्र बोहराले जानकारी दिनुभयाे ।
प्रतिक्रिया जनाउनुहाेस्

























