नरेश बिष्ट – बित्थडचिर गाउँपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय बझाङ तथा परिवार नियोजन संघ द्वारा आयोजित निःशुल्क प्रजनन स्वास्थ्य शिविर आज फाल्गुन १५ गते देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा जम्मा १८८ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका छन्, जसअन्तर्गत:
७६ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरियो।
७ जना महिलालाई पाठेघर खसेको समस्या समाधानका लागि रिङ पेसरी राखियो।
२८ जना गर्भवती महिलाको भिडियो एक्स-रे गरिएको छ।
२ जना महिलाको मिनिल्याप तथा ९ जना पुरुषको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा प्रदान गरियो।शिविरमा सहभागी लाभग्राहीलाई प्रोत्साहनस्वरूप ब्ल्याङ्केट वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो।शिविरलाई सफल बनाउन स्वास्थ्य कार्यालय बझाङका टिम, रेडियोलोजिष्ट डा. रोहित गिरि, परिवार नियोजन संघका डा. एम. ब. बस्नेत, डा. सागर बाबू पाण्डेय, अन्य सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पालिका परिवारलाई आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

























