चन्द्र माध्यमिक बिद्यालय गिराैँकाे ६४ औँ बार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न 

Image

बझाङ – चन्द्र माध्यमिक बिद्यालय गिराैँकाे ६४ औँ बार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएकाे छ । जिल्लाको बुङ्गल नगरपालिका— २ स्थित चन्द्र माध्यमिक बिद्यालयले ६३ औं बसन्त पार गरेर ६४ औं वर्षमा प्रवेश गरेको खुसियालिमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरेर ६४ औँ बार्षिकोत्सव तथा अविभावक दिवस आज बुधबार प्रजातन्त्र दिवसकाे अबसरमा भव्यताका साथ सम्पन्न भएकाे हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर धामीकाे सभाध्यक्षता सञ्चालन भएकाे उक्त कार्यक्रममा बुङ्गल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामी प्रमुख अथिती, नगर उप प्रमुख धन बहादुर बोहरा लगायत विभिन्न वडाका वडाध्यक्षहरु विशिष्ट आतिथि रहनुभएकाे थियाे । उक्त कार्यक्रममा विद्यालयका संस्थापकहरुले सरस्वती माताको तस्बिरमा माल्यार्पण गर्दै विभिन्न साँस्कृतिक कार्यक्रम गरेर ६४ औँ वार्षिकोउत्सव सम्पन्न हाे । यस्तै वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक शिवराज अवस्थिले आय व्य सहितको विद्यालयको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन् । नगर प्रमुख र उप प्रमुखले गुणस्तरीय शिक्षा प्रदान गरी नमुना विद्यालय बनाउनु तर्फ जोड दिनुपर्ने बताउदै विद्यालयको विकासका लागि आफ्नो तह र तर्फवाट सकारात्मक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । वार्षिकोत्सव कार्यक्रमका अवसरमा विभिन्न  कार्यक्रमा तथा  विद्यालयका उत्कृष्ट गरिब ,जेहेन्दार बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्