केदारस्युँ गाउँपालिका वडा नम्वर २ र ६ मा कृषिमा आवद्ध महिलाहरुलाई सिँचाइ पाइप वितरण

Image

बझाङ – केदारस्युँ गाउँपालिका वडा नं. २ र ६ मा कृषिमा आवद्ध महिलाहरुलाई सिँचाइ पाइप वितरण गरिएकाे छ । दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा महिलाहरूको कार्यभार घटाउने उद्देश्यले कृषिमा आवद्ध महिलाहरुलाई आज सिँचाइ पाइप वितरण गरिएको हो।
परियोजनाको मुख्य उद्देश्य भनेकाे महिलाहरूको कार्यभार घटाउनुका साथै उनीहरूको बचत भएको समय बालबालिकाको हेरचाह, स्वास्थ्य, शिक्षा र पोषण सुधारमा उपयोग गर्न प्रेरित गर्नु रहेको छ। पाइप वितरण कार्यक्रममा सामाजिक परिचालक सत्यराज कोईराला र कल्पना नेपालीले उत्पादक समूहमा सहकार्य गर्दा उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरेका छन ।

वडा नं. २ का वडा अध्यक्ष शेरबहादुर बिष्टले दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपाललाई धन्यवाद दिँदै महिलाहरूको कार्यभार घटाउने संस्थाको प्रयास सराहनीय रहेको बताए। परियोजना संयोजक रमेश मालीका अनुसार, यस प्रयासले महिलाहरूलाई सशक्त बनाउन सहयोग पुर्याउनुका साथै, यसले परिवार र समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उक्त कार्यले महिलाहरूको जीवनमा सहजता ल्याउने र स्थानीयस्तरमा आत्मनिर्भरता बढाउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्