बुंगल नगरपालिका -२ मा १ महिने अल्लो प्रशोधन सम्बन्धी तालिम सञ्चालन

Image

बझाङ – बुंगल नगरपालिका वडा नम्बर २ मा १ महिने अल्लो प्रशोधन सम्बन्धी तालिम सञ्चालन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यलय र बुंगल नगरपालिकाको आयोजनाामा वडा नम्बर २ को कोदारी बगरमा आइतबारदेखि उक्त तालिम सञ्चालन गरिएको हो।

नगरपालिकाले स्थानीय स्तरमा प्रशस्त रूपमा पाइने अल्लोको प्रशोधन गरी कपडा बुन्ने तालिम सञ्चालन गरिरहेको छ। यस तालिममा स्थानीय महिला र पुरुषहरूको सहभागिता रहेको छ।

वडा नम्बर २ का अध्यक्ष बिरे धामीका अनुसार, चालु आर्थिक वर्षभित्र वडा नम्बर २ का विभिन्न १६ जना महिला र पुरुषलाई अल्लोको प्रशोधन र उत्पादन सम्बन्धी तालिम दिइनेछ। यस तालिमको उद्देश्य स्थानीय महिला र पुरुषहरूलाई सीप सिकाई उद्यमी सिर्जना गर्नु र उनीहरूलाई आय आर्जनमा जोड्नु हो।

घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख मान बहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा नम्बर २ का वडाध्यक्ष बिरे धामी उपस्थित हुनुहुन्थ्यो। उक्त तालिम १ महिना सम्म चल्नेछ र यसमा अल्लो र भाङ्गोबाट कपडा बुन्न सिकाइनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन