बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर १ दहबगर स्थित बाइसधारा युवा समाजका अध्यक्ष राम बोहरा ( श्री राम ) ले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्नु भएको छ ।
अध्यक्ष बोहराले आज आफ्नो जन्मदिनको अवसरमा बुुंगल नगरपालिका —१ स्थित रन्निभिडका दलित तथा विपन्न गरिब परिवारका भगवती माध्यामिक विद्यालय सोलामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अनिल बि क , कक्षा १ मा अध्ययनरत सरस्वती बिक, तिलक बिकका छोराछोरी धनुष बिक, सुरज बिक, शिखा बिक, र रेजिना बिकलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा पनि विपन्न गरिब परिवारका विद्यार्थीलाई पठनपाठन गर्न सहजहोस भनेर सहयोग गरेको अध्यक्ष बोहराले बताउनु भयो । उहाँले आजभोली जन्मदिनमा धेरै फजुल खर्च गर्ने परिपाटी रहेको बेला अरुलाई पनि फजुल खर्च गर्नु भन्दा पनि दिन दुःखी टुहुरा अपाङ्गहरूलाई सहयोग गर्न प्रेरित होउन भनेर सानो सहयोग गरिएको बताउनुभयो ।
























