डडेल्धुरामा ८ वडाध्यक्षसहित २२ जनप्रतिनिधिले राजीनामा

Image

डडेल्धुरा ; डडेल्धुराको अमरगढी नगरपालिकाका ८ वडाध्यक्षसहित २२ जनप्रतिनिधिले राजीनामा दिएका छन्। २०७४ सालको निर्वाचनमा निर्वाचित अमरगढी वडा नम्बर १, २, ३, ४, ५, ८, १०, ११ का वडाअध्यक्षहरुले राजीनामा बुझाएका हुन्।क्रमशः लोकबहादुर ऐर, मनोराथ बहादुर खडायत, गोबिन्द बोहरा, दिपेन्द्र थापा, खेमराज पाठक, नरबहादुर साँकी, विष्णुराज भट्ट, सुर्यप्रकाश खड्काले दिएको राजीनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले स्वीकृत गरेका छन्। यस्तै ६ कार्यपालिका सदस्य सरस्वती अवस्थी ओझा, रामबहादुर दमाई, नरपता सेटी, धौलीदेवी दमाई, सञ्जय जैरु, लक्ष्मी ताम्राकारले पनि राजीनामा दिएका छन्।

७ वडा सदस्य भक्त साहु वडा नम्बर ७, कृष्ण पाण्डेय वडा नम्बर ८, प्रेमबहादुर विष्ट र गिता सार्की वडा नम्बर १०, यज्ञबहादुर साउँद वडा नम्बर ९, पदम बोहरा, वडा नम्बर ११, खेमराज जोशी वडा नम्बर २ का सदस्यले समेत राजीनामा दिएका छन । दिनेश खबर बाट

प्रतिक्रिया जनाउनुहाेस्