काठमाडौँ — गुणस्तरहिन स्यानिटाइजर उत्पादन गरेका ५ वटा उद्योगलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ । मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेका काठमाडौंका ४ र भक्तपुरको १ उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार हाइजिङ सोप एन्ड केमिकल, आधार केमिकल एन्ड फुड इन्डस्ट्री, सर्च केम कम हर्बल प्रोडक्ट नेपाल कायाकल्प उद्योग र सूर्यमुखी हर्बल प्रोडक्ट कारबाहिमा परेका हुन । यी कम्पनिले उत्पादन गरेको सेनीटाईजमा विषाक्त मिथानोल रहेको पाइएको छ । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।
विभागले बजारमा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर को परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको अल्कोहल बेस्ड सम्बन्धी स्तर २०७६ विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो । कारबाहीकमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले जनाएको छ । ती उद्योगहरुलाई औषधि ऐन, उपभोक्ता हित संरक्षणा ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत कारबाही गरिने केसीले बताए ।