काठमाडौँ — नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये हालसम्म ३५ हजार ७ सय जना कोरोना निको भएर घर फर्केका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार ९ सय १८ जना निको भएसँगै नेपालमा काेरोना निको हुनेको संख्या ३५ हजार नाघेको हो ।
यस्तै, अहिले मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना सक्रिय संख्या रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको मिडिया ब्रिफिङमा बताएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८०६ जना पुगेको छ ।