Jayaprithvi Municipality

आज थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि उपत्यकामा मात्र ४ सय ६४ संक्रमित थपिए

काठमाडौँ — नेपालमा आज थप १ हजार ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।  नियमित प्रेस ब्रिफिङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टाको अवधिमा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो स‌गै देशभर कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ पुगेको छ । यस्तै गएको २४ घण्टामा नाै सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ ।

काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...