बझाङ । नेकपा एमालेका केन्द्रीय सदस्य, बझाङ जिल्ला इन्चार्ज तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार ऐन महरले जनताको विश्वास एमालेप्रति रहेको बताएका छन् । जिल्लाका विभिन्न पालिकाका वडाहरूमा सञ्चालन भइरहेको घरदैलो तथा जनभेटघाट कार्यक्रमका क्रममा बोल्दै उनले एमाले जनताको दुःख–सुखमा सधैं साथ दिँदै आएको पार्टी भएकाले नागरिकले भरोसा गरेको दाबी गरेका छन् । उनले भने, झजनताको समस्या, पीडा र अपेक्षासँग प्रत्यक्ष जोडिएको पार्टी एमाले हो । संकटको समयमा होस् वा विकास निर्माणका सवालमा, एमाले सधैं अग्रपंक्तिमा उभिएको छ।’
उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै मतदातासँग विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् । विकास, सुशासन र स्थायित्वका लागि एमालेको विकल्प नभएको उनको भनाइ थियो । उनले भने, झराजनीति आरोप–प्रत्यारोपका लागि होइन, जनताको जीवनस्तर सुधारका लागि हुनुपर्छ भन्ने मान्उता राखेर म राजनितिमा लागेको हुँ ।’
घरदैलो अभियानका क्रममा महरले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले बझाङको समग्र विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारसँग समन्वय गरी ठोस योजना अघि बढाउने बताए। एमालेले जिल्लाभर चुनावी अभियानलाई तीव्र बनाएको छ। गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएको छ ।
























