वाल विहानी साईपाल एकेडेमीको धार्मिक–पर्यटकीय स्थल अवलोकन भ्रमण सम्पन्न

Image

बझाङ – वाल विहानी साईपाल एकेडेमीले विगतका वर्षझैँ यस वर्ष पनि शैक्षिक क्यालेण्डरअनुसार बझाङ जिल्लाभित्रका पवित्र धार्मिक तथा पर्यटकीय स्थलहरूको एकदिवसीय शैक्षिक अवलोकन भ्रमण हिजाे सम्पन्न गरेको छ।

किताबी ज्ञानभन्दा बाहिरी वातावरणको प्रत्यक्ष अवलोकनले विद्यार्थीमा थप परिपक्वता आउने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमणमा विद्यार्थीहरूले वित्थड चिर गाउँपालिकाको वडा नम्बर–१ मा अवस्थित चिल्ड्रेन पार्क, कालीका मन्दिर, गुफा लगायतका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरेका छन्।

कक्षा ३ देखि ५ सम्मका ४५ जना विद्यार्थी तथा शिक्षक, अभिभावक र विभिन्न सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको यो शैक्षिक भ्रमण सफल तथा सिकाइपूर्ण रहेको प्रिन्सिपल अर्जुन बहादुर धामीले जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन