सामाजिक सञ्जालको मर्यादित प्रयोग आवश्यक : एमाले नेता महर

Image

बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले स्वस्थ आलोचना र मर्यादित अभिव्यक्तिलाई लोकतन्त्रको सुन्दर पक्षको रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

उनले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा बढ्दो विकृति, गालीगलौज, चरित्र हत्या र तथ्यविहीन आरोपप्रत्यारोप प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिले लोकतन्त्रको जगलाई कमजोर बनाउने बताएका छन्।

नेता महरले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ´लोकतन्त्र कुनै किस्ताबन्दीमा पाइएको व्यवस्था होइन, यो त झण्डै सतरि वर्ष लामो संघर्ष, सयौं शहीद, हजारौं घाइते र लाखौं जनताको बलिदानबाट प्राप्त उपलब्धि हो ।`

उनले यस व्यवस्था र यसको उपलब्धिको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी भएको पनि स्मरण गराएका छन् । सामाजिक सञ्जाल र अनलाइन मिडियाको प्रयोगलाई नियमन गर्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै नेता महरले छिटोभन्दा छिटो सम्बन्धित कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

´सञ्चार क्षेत्रको क्रान्तिका रूपमा स्थापित सामाजिक सञ्जालको मर्यादित प्रयोग गर्नु हाम्राे दायित्व हो। तर यसको दुरुपयोग गर्दै व्यक्तिको व्यक्तिगत मानमर्दन गर्ने, चरित्र हत्या गर्ने र गालीगलौजलाई अधिकार ठान्ने प्रवृत्ति किमार्थ लोकतान्त्रिक हुन सक्दैन ।` उनले भने।

उनले राज्यको चौथो अंगका रूपमा मानिने मिडिया र सामाजिक सञ्जाललाई थप व्यवस्थित, जवाफदेही र मर्यादित बनाउन सरकार, राजनीतिक दल र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन