बित्थडचिर गाउँपालिका द्वारा एमएमए फाइटर रबिन्द्र ढाँट सम्मानित

Image

बझाङ–बझाङको बित्थडचिरगाउँपालिका घर भएका ‘बझाङी बाघ’ उपनामले चिनिने एमएमए फाइटर रबिन्द्र ढाटलाई सम्मान गरिएको छ ।

बित्थडचिर गाउँपालिकाले ढाटलाई नगद सहित सम्मान गर्ने भएको हो । हालै भारतमा सम्पन्न भएको ‘प्रोफेशनल फाइट’ मा भारतीय खेलाडीलाई पराजित गर्दै नेपालको नाम उज्जवल बनाएको भन्दै गाउँपालिकाले फाइटर ढाटलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

ढाटको उपलब्धिप्रति खुशी व्यक्त गर्दै बित्थडचिर गाउँपालिकाले तीन लाख एघार हजार एक सय एघार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको गाउँपालिकाका प्रवक्ता हरिशचन्द्र जोशीले बताए । खेल क्षेत्रमा ढाटले पुर्याएको योगदानको कदर गर्दै प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गर्न लागिएको उनले बताए ।

गाउँपालिकाले एक प्रेस विज्ञप्तिमार्फत ढाटको जितलाई गाउँकै गौरवका रूपमा लिएको बताउँदै भविष्यमा पनि यस्ता खेलाडीलाई सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि ढाटले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमता प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्दै आएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन