प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सह–सचिव ऐडी नेकपा एमालेमा प्रवेश

Image

बझाङ – प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेश कमिटीका सह–सचिव तथा नेकपा ९एकीकृत समाजवादी० का जिल्ला कमिटी सदस्य शिव ऐडी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

बुधबार बुंगल नगरपालिकाको बिजगडामा सम्पन्न नेकपा एमाले जिल्ला कमिटीको चौथो पूर्ण बैठकमा ऐडीले नेकपा ९एकीकृत समाजवादी० परित्यागको घोषणा गर्दै एमाले प्रवेश गर्नुभएको हो।

पार्टी प्रवेशपछि ऐडीले विगतमा नेकपा एमालेमै रहेर विभिन्न जिम्मेवारी निर्वाह गर्दै योगदान पुर्‍याएको तर पार्टी फुटेर दुई भएपछि बाटो भुली समाजवादीमा गएको बताए। तर समाजवादीमा आफ्नो “अभिभावकत्व” नपाएको महसुस गर्दै पुनः आफ्नो “मेल घर” नेकपा एमालेमै फर्किएको उहाँको भनाइ थियो।

बुंगल नगरपालिका–८ निवासी ऐडीलाई नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रशाद जैसी, प्रदेश सभा सदस्य माननीय दमन भण्डारी, एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारीलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन