बझाङ – दुर्गाथली गाउँपालिका–३ मा सञ्चालन गरिएको तीन महिने मोबाइल मर्मत तालिम एक कार्यक्रमका बिच सफलता पुर्वक सम्पन्न भएकाे छ ।
दुर्गाथली गाउँपालिका वडा नं ३ को समन्वयमा तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, सुदूरपश्चिम प्रदेश धनगढीको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा २० जना युवा–युवतीहरूलाई मोबाइल मर्मतसम्बन्धी व्यवहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो।

तालिम समापन कार्यक्रम वडा अध्यक्ष रमेश बहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिल बहादुर थापा रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले युवाहरूलाई सिपमुलक तालिममार्फत आत्मनिर्भर बनाउने गाउँपालिकाको लक्ष्य रहेको बताउनुभयो। उहाँले तालिमले सहभागीहरूलाई मोबाइल मर्मत व्यवसायमार्फत आम्दानी गर्ने बाटो खुलाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, वडा अध्यक्ष बोहराले तालिममा सहभागी युवाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो।
























