बझाङ — बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ लुङ्गाडा टोलमा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ।स्थानीय गोविन्द देवारको ४ कोठे १ तले जस्तापाताले छाएको घरमा सामान्य क्षति पुगेको हो।
स्थानीय धन बहादुर देवारका अनुसार अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा पर्खाल र घर वरिपरिका भागमा क्षति भएको र घरमा बसोबास गर्ने परिवार भने सुरक्षित रहेका छन् । पहिरोका कारण कुनै मानवीय क्षति भने नभएको देवारले जानकारी दिनु भएको छ ।
पहिरो खसेपछि आसपासका बासिन्दा सतर्क अवस्थामा रहँदै थप जोखिम हुन नदिन अस्थायी रुपमा पहिरो रोक्ने प्रयास गरिरहेका छन्।
लगातारको वर्षाका कारण बझाङका पहाडी भू–भागमा पहिरोको जोखिम बढ्दै गएको छ। सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























