कफलसेरी स्वास्थ्य चौकीले दुई जना महिला स्वास्थ्य स्वयंसेविका लाई सम्मान तथा बिदाइ कार्यक्रम गर्यो

Image

बझाङ – बुंगल नगरपालिका–८ मा अवस्थित कफलसेरी स्वास्थ्य चौकीले दुई जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा बिदाइ कार्यक्रम गरेको छ ।

साविक कफलसेरी गाविस वडा नं. ६ र ९ तथा हालको बुंगल नगरपालिका वडा नं. ८ का बाटुली गाउँ र दासपला गाउँमा लामो समयदेखि निःशुल्क रूपमा सेवा पुर्‍याउँदै आउनुभएकी जयता देवी बोहरा र गौमती जागरीलाई स्वास्थ्य चौकीले विशेष कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा वडाध्यक्ष, स्वास्थ्य चौकी इन्चार्ज तथा चौकीका अन्य स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए। कार्यक्रममा उनीहरूको समर्पण, सेवाभाव र योगदानको उच्च प्रशंसा गरिएको थियो।

स्वास्थ्य चौकीले सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकाहरूप्रति आभार प्रकट गर्दै उहाँहरूको आगामी जीवन सुखद र सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गरिएको कफलसेरी स्वास्थ्य चौकी इन्चार्ज शिवराज खडायतले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन