काठमाडौँ — मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा काेरोना संक्रमितको संख्या ४८ हजार १३८ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टाको अवधिमा २ हजार २८७ जना कोरोना संक्रमणबाट मुक्त भइ घर फर्केका छन । यो सँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता डा गौतमका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार १७४ परीक्षणहरु गरिएका छन् । त्यसैगरी हालसम्म ५ हजार ३१० जना क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना संक्रमणबाट २४ घन्टामा थप ६ को मृत्यु भएको छ । मृतकमा १ महिला र ६ जना पुरुष रहेका छन । मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला र सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय, काठमाडौंका ८५ वर्षीय र कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन । यो सगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३ सय ६ पुगेको छ ।