बझाङ – केदारस्युँ गाउँपालिका–१ नारुगौडामा एक ट्याक्टर दुर्घटनामा परेको छ। आज दिउँसो नारुगौडामा रहेको पक्की पुल नजिक विपरीत दिशाबाट आइरहेको सवारीलाई साइड दिने क्रममा ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खस्दा सेती नदीको किनारमा पुगेको हो।
स्थानीयका अनुसार सन्तुलन गुमाउँदा ट्याक्टर झण्डै ५० मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टर चालक सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेकाे ट्याक्टर बागथलाका रमेश मल्लको भएको बुझिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्

























