केदारस्यु गाउँपालिका अन्तर्गत रहेका १३ वटा भटमास उत्पादक समूहका किसानहरुलाई भटमासको बीउ वितरण गरिएको छ।
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजन अन्तर्गत उक्त बीउ वितरण गरिएको हो।
कृषि ज्ञान केन्द्र बझाङ र दलित सहयोग समाजको ५०–५० प्रतिशत अनुदानमा किसानलाई निःशुल्क भटमासको बीउ वितरण गरिएको बताइएकाे छ ।

कार्यक्रममा किसान धनी बिष्टले भने, “यसअघि हामीले उब्जनी कम हुने जातका भटमास प्रयोग गरेका थियौं। अहिले परियोजनाबाट पाएको उन्नत जातको बीउले उत्पादनमा सुधार ल्याउने आशा गरेका छौं। यो सहयोगले हामी किसानहरूलाई ठूलो राहत मिलेको छ।”
त्यस्तै, परियोजनाका फिल्ड अफिसर किरण थापाले भने, “स्थानीय किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामीले उन्नत बीउ वितरण गरेका हौं। यसले पोषणमा समेत योगदान दिनेछ, किनभने भटमास प्रोटिनको राम्रो स्रोत हो।”
बीउ वितरणपछि किसानहरूले उन्नत उत्पादन हुने अपेक्षा व्यक्त गरेका छन्।

























