स्वतन्त्र विद्यार्थी युनियन सुनकुडा क्याम्पस को आयोजनामा बित्थडचिर संवाद २०८२ भव्य रूपमा सम्पन्न

Image

 बझाङ – बित्थडचिर गाउँपालिका वडा नम्बर ९, सुनकुडा क्याम्पसमा पहिलोपटक आयोजना गरिएको “बित्थडचिर संवाद २०८२” सफलतापूर्वक सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन, सुनकुडा क्याम्पसको आयोजनामा तथा बित्थडचिर गाउँपालिका र सुनकुडा क्याम्पसको सहकार्यमा आयाेजित उक्त संवादले स्थानिय तहमा युवाहरू, विद्यार्थी, महिला, जनप्रतिनिधि र सरोकारवाला बीच खुला संवादको वातावरण निर्माण गरेको छ।

कार्यक्रममा उपाध्यक्ष धनलक्ष्मी मल्ल, गाउँपालिका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष हरिचन्द्र जोशी, र वडा नं. ७ का वडाध्यक्ष दिनेश अधिकारी वक्ताका रूपमा सहभागी हुनु भएकाे थियाे । कार्यक्रमको सहजकर्ताको भूमिकामा सुनकुडा क्याम्पस का स्ववियु अध्यक्ष, कपिल बिष्टले गर्नुभएकाे थियाे ।

बित्थडचिर संवादका संयोजक तथा स्ववियु अध्यक्ष कपिल बिष्टले ,बित्थडचिर संवाद २०८२ को मुख्य उद्देश्य स्थानीय तह, युवाहरू, विद्यार्थी, महिला र सरोकारवाला निकायहरूबीच संवाद र सहकार्यलाई बलियो बनाउनु , शिक्षा, स्वास्थ्य, कृषि, युवा नेतृत्व, महिला सशक्तिकरण र बालबालिकाका सवालमा खुलेर कुरा उठाउन र समाधानको खोजी गर्न यो कार्यक्रमकाे मुख्य उदेश्य रहेकाे बताउनुभयाे ।

स्थानीय तहको नीति निर्माणमा युवाहरूको आवाज पुग्नुपर्छ भन्ने सोचले हामीले यो पहल गरेका हौं। बित्थड चिर संवादले भविष्यमा अझ फराकिलो संवादको मार्ग खोल्ने अपेक्षा समेत गरिएकाे छ ।कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, महिला तथा बालबालिका सशक्तिकरण, युवा नेतृत्व, सूचना प्रविधि, न्याय सम्पादन, तथा गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम (२०८२/८३) मा युवाको सहभागिता विषयमा गहन छलफल पनि गरिएकाे थियाे । सहभागीहरूबाट उठाइएका सरोकार र सुझावलाई गाउँपालिकाको नीतिगत कागजातमा समेट्ने जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन ।

साथै उक्त कार्यक्रममा सहभागिहरुले स्ववियु अध्यक्ष बिष्ट र उहाँको नेतृत्वको सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले नीति निर्माण र सामाजिक उत्तरदायित्वको चेतना जगाउने विश्वास व्यक्त गरे।संवादको यो थालनी अब गाउँका अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने योजना आयोजकले सार्वजनिक गरेका छन्।

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, शिक्षक, महिला समूह, बाल क्लब प्रतिनिधि र जनप्रतिनिधि गरी १०० भन्दा बढी सहभागिता रहेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन