बझाङ – सुनकुडा क्याम्पसमा वर्ल्ड फुड फोरम (WFF ) परिचय सत्र सम्पन्न भएकाे छ । जेठ २१ गते वर्ल्ड फुड फोरम (WFF) प्रदेश युवा टोली (PYT) सुदूरपश्चिमको आयोजनामा सुङकुडा क्याम्पस, बझाङमा एकदिने वर्ल्ड फुड फोरम परिचय सत्र सम्पन्न भएकाे हाे । उक्त कार्यक्रममा विश्वव्यापी खाद्य प्रणाली रुपान्तरणमा युवाको भूमिका, संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDGs), र फुड लिटरेसी (खाद्य साक्षरता) विषयमा जानकारी दिइएको थियो।

सत्रको सञ्चालन वर्ल्ड फुड फोरम नेपालका सुदूरपश्चिम प्रदेश युवा टोलीका सदस्य कपिल बिष्टले गर्नुभएको थियो, सदस्य बिष्टले WFF को उद्देश्य, संरचना, र नेपाल च्याप्टरको गतिविधिहरूबारे प्रस्ट जानकारी गराउनु भईकाे थियाे ।उक्त कार्यक्रममा ३५ जना भन्दा बढी स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
सत्रमा विशेष गरी SDG 2 (भोकमुक्ति), SDG 4 (गुणस्तरीय शिक्षा), SDG 12 (जिम्मेवार उपभोग र उत्पादन) र SDG 13 (जलवायु परिवर्तनमाथि कदम) छलफल गरिएको थियो। फुड लिटरेसी र दिगो खाद्य प्रणाली निर्माणमा युवाहरूको भूमिकालाई विशेष जोड दिइएको थियो।

कार्यक्रमले स्थानीय युवालाई विश्वव्यापी खाद्य प्रणाली परिवर्तन अभियानसँग जोड्ने प्रयास गरेको छ । सहभागीहरूले यस किसिमको कार्यक्रमले आफूहरूलाई प्रेरित र सशक्त बनाएको प्रतिक्रिया दिएका छन् र आगामी दिनमा स्थानीयस्तरमा खाद्य सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
























