बित्थडचिर – ६ मा जलवायु न्यायका लागि सामुदायिक बहस कार्यक्रम सम्पन्न

Image

बझाङ – बझाङकाे बित्थडचिर गाउँपालिका वडा नं ६ पोखरीमा रहेकाे भगवती माध्यमिक विद्यालयमा “जलबायु न्यायका लागि सामुदायिक बहस” कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएकाे छ ।यो कार्यक्रम IFRC र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित “परिवर्तक – The Changemaker” अभियान अन्तर्गतको “Green Growth From Trash to Tree” काे समन्वय वडा नं ६ कार्यालय र चिरासैनी युवा क्लब द्वारा सञ्चालन गरिएकाे स्वतन्त्र बिद्यार्थी युनियन अध्यक्ष कपिल बिष्टले बताएका छन ।

उक्त कार्यक्रममा वक्ताका रूपमा वडा अध्यक्ष हरिश खड्का र पूर्व वडा अध्यक्ष हर्क धामी रहनुभएको थियो भने सहजकर्ताको भूमिका कपिल बिष्ट, स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष, सुङकुडा क्याम्पसले निर्वाह गर्नुभयो।जलवायु परिवर्तन र फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना फैलाउने, आगामी योजना निर्माणका लागि सामुदायिक सुझाव संकलन गर्ने कार्यक्रमको मूल उद्देश्य रहेकाे छ ।

वडा अध्यक्ष हरिश खड्काले वडा भित्रका विद्यालयहरूमार्फत “एक विद्यार्थी, एक विरुवा” अभियान सञ्चालन गर्ने घोषणा गर्दै जलवायु तथा फोहोर व्यवस्थापनमा युवा, विद्यार्थी र समुदायको सशक्त भूमिका अपरिहार्य भएको र वडा कार्यालय त्यसमा सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो। त्यस्तै पूर्व वडा अध्यक्ष हर्क धामीले विगतमा थालिएका पहललाई निरन्तरता दिँदै, नयाँ ढंगबाट कार्यक्रम र अभियान अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले सबै तह र तप्काबाट हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा बल दिनुभयो।

कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी, शिक्षक, समाजसेवी, महिला समूह, युवा तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रह्यो। बहसमा जलवायु न्याय, फोहोर व्यवस्थापन, आगामी आर्थिक वर्षको योजना, र विद्यार्थी तथा युवाहरूको भूमिकालाई विशेष प्राथमिकताका साथ समेटिएको थियो।कार्यक्रममा निमित्त प्रधानाध्यापक माधव श्याडा पनि सहभागी हुनुभएकाे थियाे ।

कार्यक्रमको अन्त्यमा, “Green Growth From Trash to Tree” अभियान अन्तर्गत निर्माण गरिएको बाँसको कप (Bamboo Cup) मायाको चिनोस्वरूप वडा अध्यक्ष हरिश खड्का , पुर्ब वडा अध्यक्ष हर्क धामी र भगवती मा.बि का निमित्त प्राध्यापक माधब स्याडा लाई प्रदान गरिएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन