सरस्वती माध्यमिक विद्यालय ‘नमुना विद्यालय’ छनोट

Image

बझाङ; बुंगल नगरपालिका–४, बिजडामा अवस्थित सरस्वती माध्यमिक विद्यालय ‘नमुना विद्यालय’मा छनोट भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै सुदूरपश्चिमका ३२ वटा विद्यालयलाई निर्वाचन क्षेत्र स्तरीय नमुना विद्यालयको रूपमा छनोट गरिएको जानकारी दिएको हो।

छनोटमा परेका विद्यालयहरूको समग्र शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना (मास्टर प्लान) तयार गर्न भनिएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम अघि उक्त गुरुयोजना मन्त्रालयमा पेश गर्न सम्बन्धित विद्यालयहरूलाई आग्रह गरेको छ।

सरस्वती माध्यमिक विद्यालयको छनोटले बुंगल क्षेत्रको शैक्षिक क्षेत्रलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

छनाेट भएका अन्य विद्यालय

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन