बझाङ – बुंगल नगरपालिका स्तरीय आधारभूत शिक्षा कक्षा ८ काे परिक्षाफल नतिजा सार्वजनिक गरिएको छ ।
आधारभुत शिक्षा कक्षा ८ को परिक्षामा उत्तीर्ण भएका बिद्यार्थीहरुको नतिजा हिजो (बिहिवार ) सार्वजनिक गरिएको हो । बुंगल नगरपालिका द्धारा सञ्चालन गरिएकाे परिक्षामा २४ वटा बिद्यालयहरुबाट जम्मा ८ सय ११ जना सहभागी भएका थिय । सहभागी ८ सय ११ मध्ये ३ सय ५३ जना मात्रै उतिर्ण भएका छन । जुन सहभागी मध्ये ४४ प्रतिशत मात्रै ग्रेडिड अर्थात पास भएकाे मानिन्छ । ती मध्ये सबै भन्दा प्रथम भुमेश्वरि आबि बमाैर भएकाे छ । १२ जना सहभागि भएका थिय भने १२ जनै परिक्षामा उतिर्ण भएका छन ।
त्यस्तै बाह्रदेउ आधारभुत बिद्यालय रैसेल्लिबाट १६ जना सहभागी मध्ये ९ जना मात्रै उतिर्ण भएका छन भने ६ जनाले ग्रेडवृदि परिक्षामा सहभागी हुन पाउने छन । भगवती माबि साेलाबाट परीक्षामा सामेल भएका बिद्यार्थीकाे संख्या १६ जना थियाे भने ती मध्ये ७ जना उतिर्ण ६ जना ग्रेडवृदि परिक्षामा सहभागी हुन पाउने छन ।
भवानि आधारभुत बिद्यालय मझिवनबाट जम्मा ११ जना बिद्यार्थी मध्ये २ जना उतिर्ण ७ जना ग्रेडवृदि गर्न पाउने , भवानि आवि बुनपा ३ बेरुकाँडा बाट जम्मा २६ जना मध्ये ३ जना मात्रै पास १२ जनाले ग्रेड वृदि गर्न पाउने छन भने बाँकि सबै फेल अर्थात (नन्ग्रेड) चन्द्र माबि गिराैँ बाट परिक्षामा सहभागी ३५ जना मध्ये १४ जना पास १६ जना ग्रेडले ग्रेडवृदि गर्न पाउने ,दुर्गा आवि टुमेडाबाट १९ जना मध्ये ४ जना उतिर्ण ११ जनाले ग्रेडवृदि गर्न पाउने त्यस्तै दुर्गा मावि सिमालिबाट ३३ जना मध्ये १८ जना बिद्यार्थी उतिर्ण १३ जनाले ग्रेडवृदि गर्न पाउने ,हरिश्चन्द्र आवि गाेइचनबाट जम्मा ११ जना मध्ये ३ जना उतिर्ण ८ जना ग्रेडवृदि गर्न पाउने छन भने हरिश्चन्द्र आवि जुगेपानिबाट जम्मा २३ जना मध्ये जम्मा १० जना उतिर्ण ८ जनाले ग्रेड बृदि गर्न पाउने ,कैलाश आवि रनलेकबाट जम्मा १७ मध्ये १३ जना उतिर्ण ४ जनले ग्रेडवृदि गर्न पाउने , कन्या मावि बटुलसेराबाट जम्मा ३५ जना बिद्यार्थीहरु मध्ये १७ जना उतिर्ण १२ जनाले ग्रेडवृदि गर्न पाउने , कफलसेरि माबि कफलसेरिबाट जम्मा ४२ मध्ये २५ जना उतिर्ण १४ जनाले ग्रेडवृदि गर्न पाउने ,केदार मावि देउलिकाेटबाट जम्मा २८ जना मध्ये ११ पास १३ जनाले ग्रेडवृदि गर्न पाउने , महादेव मावि अठपालिबाट सहभागी ६७ जना मध्ये १८ जना उतिर्ण ३३ जनाले ग्रेडवृदि गर्न पाउने छन ।
त्यस्तै महेन्द्र आवि बटुलसेराबाट सहभागी ५२ जना मध्ये २१ जना उतिर्ण २२ जनाले ग्रेडवृदि गर्न पाउने , महेन्द्र मावि गैरि ज्यावन ३४ जना सहभागी मध्ये १७ जना उतिर्ण १६ जनाले ग्रेडवृदि गर्न पाउने , श्रि राम आविबाट जम्मा २४ जना मध्ये २८ जना उतिर्ण ५ जनाले ग्रेडवृदि गर्न पाउने , रत्न मावि खाेल्लेकबाट जम्मा सहभागी २३ जना मध्ये ९ जना उतिर्ण १६ जनाले ग्रेड वृद्धि गर्न पाउने ,शरस्वती मावि बिजगडाबाट सहभागी जम्मा ७४ जना मध्ये ३८ जना उतिर्ण ३३ जनाले ग्रेडवृदि गर्न पाउने , सत्य माव ताेलिचाैरबाट जम्मा सहभागी ९९ जना मध्ये २९ जना उतिर्ण ५३ जनाले ग्रेडवृदि गर्न पाउने , शारदा मावि शैनाेडिबाट जम्मा सहभागी ३४ जना मध्ये २७ जना उतिर्ण ६ जनाले ग्रेडवृदि गर्न पाउने ,शिव माबि ११ पुतलिलेकबाट जम्मा सहभागी ४१ मध्ये १२ जना उतिर्ण १८ जनाले ग्रेडवृदि गर्न पाउने छन भने सिताराम मावि डाैंडबाट सहभागी ३० जना मध्ये १७ जना उतिर्ण ७ जनाले ग्रेडवृदि गर्न पाउने बुंगल नगरपालिका शिक्षाखाले निकालेको नतिजामा उल्लेख छ।