बुङगल नगरपालिका–४ टमटाडामा अटो दुर्घटना , दुई जना घाइते

Image

बझाङ – बझाङको बुङगल नगरपालिका–४ टमटाडामा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आज बिहान करिब ९:०० बजे तिर बुङगल झापा बजारबाट बिजगाडा आउँदै गरेको सु.प.प्र.०१–००१ ह. ६५९७ नम्बरको अटो सडकको नालीमा पल्टिएको हो। जनक ब. धामीले चलाएको उक्त अटोमा सवार बुङगल–६ की २० वर्षीया बिस्ना धामीको बायाँ आँखामा चोट लागी गेटा अस्पताल, धनगढी रिफर गरिएको छ। सोही दुर्घटनामा ऐठपुर कि १९ वर्षीया जानकी धामी सामान्य घाइते भएकी छन्। उनकाे खिरातडी स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्