बझाङमा जिप दुर्घटना, चालक घाइते

Image

बझाङ – बझाङमा जिप दुर्घटना भएकाे छ । जिल्लाकाे बित्थडचिर गाउँपालिका–१ चौरहामा जिप अनियन्त्रित भई दुर्घटना भएको हाे । धनगढीबाट बुंगलतर्फ आइरहेको सु .प.प्र–०१००–ज १३९६ नम्बरको जिप आज बिहान करिब ५:३० बजेको समयमा अचानक अनियन्त्रित भई सडकमै पल्टिएको बताइएकाे छ ।

दुर्घटनामा जिप चालक बुंगल नगरपालिका–८ का २६ वर्षीय उत्तम कडायत सामान्य घाइते भएका छन्। उनलाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएकाे छ । उक्त जिपमा सवार अन्य ४ जना यात्रुहरू सामान्य अवस्थामा रहेका छन्।

प्रहरीका अनुसार जिप धनगढीबाट यात्रु लिएर बुंगल आइरहेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन