बझाङ । बुंगल नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षाका लागि निर्धारण गरेको परीक्षा केन्द्रबारे उत्पन्न विवादपछि एक परीक्षा केन्द्र थप गर्दै संसोधन गरेको छ। नगरकार्यपालिकाको फागुन १८ गते बसेको बैठकले शैक्षिक सत्र २०८१ का लागि ४ वटा परीक्षा केन्द्र तोकेको थियो।
तर, शिक्षक महासंघ तथा सरोकारवालाहरूले केही विद्यालयका विद्यार्थीलाई होम सेन्टरमा परीक्षा दिने अनुमति दिइएको तर केहीलाई टाढा जान बाध्य पारिएको भन्दै विरोध जनाएका थिए। साना विद्यार्थीहरूका लागि टाढाको परीक्षा केन्द्र असहज हुने भन्दै परीक्षा केन्द्र पुनः निर्धारण गर्न माग गरिएको थियो। विरोधपछि नगरपालिकाले परीक्षा केन्द्र संसोधन गर्दै नयाँ व्यवस्था लागू गरेको छ।
संशोधित परीक्षा केन्द्रहरू निम्नानुसार छन् ।
१. भगवती माध्यमिक विद्यालय, सोला
२.सरस्वती माध्यमिक विद्यालय, बिजगडा
३.कफलसेरी माध्यमिक विद्यालय, कफलसेरी
४.केदार मावि बुंगल नगरपालिका ९ देउलिकोट
५.कन्या माध्यमिक विद्यालय, बुंगल नगरपालिका–६
यस वर्ष बुंगल नगरपालिकाभित्रका विभिन्न विद्यालयबाट कूल ८८५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। नगरपालिकाले परीक्षा व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित विद्यालयहरूसँग समन्वय गरेको छ। परीक्षार्थीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्न आवश्यक सबै व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।
परीक्षा तालिका