बझाङः नेकपा एमालेको ‘जरो अभियान’ सँगै संगठन सुदृढीकरणको क्रम तीव्र बन्दै गएको छ। यही अभियान अन्तर्गत बुंगल नगरपालिका–३ मा नेकपा एमालेको वडा अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनमा बहादुर बोहराको अध्यक्षता रहेको थियो भने, नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य धनदेवी कुवर प्रमुख अतिथि तथा जिल्ला कमिटी सदस्य अमरराज जोशी विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रमको विशेष अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गरी ६५ जना बढी नेता–कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्। उनीहरूले एमालेका नीति, सिद्धान्त र जनसेवामुखी भूमिकाबाट प्रभावित भई पुरानै घर एमालेमा फर्किएकाे गरेको घोषणा गरेका हुन् ।
नवप्रवेशीलाई नेकपा एमालेमा हार्दिक स्वागत गर्दै, पार्टी नेतृत्वले आदर्श, निष्ठा, जनसेवा तथा सामाजिक परिवर्तनका लागि समर्पित हुन आग्रह गरेको छ।
‘जरो अभियान’ सँगै संगठन सुदृढीकरण जारी
नेकपा एमाले, बझाङ जनताको विश्वास जित्दै, संगठित रूपमा अघि बढिरहेको छ। ‘जरो अभियान’ मार्फत पार्टी संगठनलाई अझ सशक्त बनाउँदै आगामी निर्वाचनमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

























