मल आपूर्ति गर्न नसकेपछि खरिद सम्झौता भएका दुई मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द

कम्पनिले राखेको धरौटी समेत जफत गर्ने निर्णय

रासायनिक मल आपूर्ति गर्न नसकेपछि मल खरिद गर्ने सम्झौता भएका दुई मल कम्पनीसँगकाे ठेक्का सम्झौता रद्द गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार मल ल्शायाउनका लागी भएकाे रदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिपल प्रालिसँग भएको ठेक्का सम्झौता रद्द भएको हो । मल खरिद गर्ने सम्झौतामा तोकीएको समय सकिएकाे र म्याद थप्दा पनि आपुर्ती गर्न नसके पछि कम्पनिले राखेको धरौटी समेत जफत गर्ने निर्णय गरिएकाे कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

पुस २८ र माघ ४ मा गरिएको टेण्डरमा २५/२५ हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि दुई कम्पनीले ठेक्का पाएका थिए ।तोकिएको समयमा दुवै  कम्पनीले सम्झौता अनुसार १० साउन सम्म पहिलो लट तथा २० भदौ भित्र सबै मल खरिद गरेर ल्याउनुपर्ने हो । तोकीएकाे मिति सकिए पनि मल बुक गरेको जवाफ दुवै कम्पनीले नपठाएपछि धरौटी र ठेक्का नै रद्द गरेको मन्त्री भुसालले जानकारी दिए ।  उनीहरूका कारण किसानलाई समस्या परेको भन्दै थप कम्पनीविरुद्ध कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको मन्त्रालायले जनाएको छ ।

Loading...