बझाङ-नेकपा एमाले बित्थडचिर गाउँपालिका पार्टी कमिटी अध्यक्षमा दिपेन्द्र बोहरा सर्वसम्मत निर्वाचित भएका छन् ।शुक्रबार देउलेखमा सम्पन्न दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि बोहरा पुनः अध्यक्षमा निर्वाचित भएका हुन ।
यस्तै उक्त अधिवेशनबाट उपाध्यक्षमा गणेशबहादुर रावल,सचिवमा जयबहादुर धामी, उप सचिवमा हेमाकुमारी बोहरा र मनिराम जोशीसहित ४३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
यस्तै लेखा आयोग अध्यक्षमा योगेन्द्र बोहरा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष दिपेन्द्र बोहराले सबै सदस्यहरूलाई धन्यवाद दिँदै एकताबद्ध भएर पार्टी संगठनलाई बलियो बनाउन आग्रह गरे। साथै, उनले पार्टीले अघि सारेका नीतिहरू कार्यान्वयन गर्दै गाउँपालिकाको समृद्धि र विकासका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्

























