बझाङ – बुंगल नगरपालिका १ चाैपाताका एकजनाकाे भिरबाट लडेर मृत्युु भएकाे छ । मृत्यु हुनेमा चाैपाताका करिब ४०/४१ बर्षका मान बहादुर बाेहरा (माने ) रहेका छन । बाेहराकाे हिजाे साँझ काँडाकाे बिहेबाट घर फर्किदै गर्दा ठुलि मेला जाने बाटाेकाे कुवाखाेला भन्ने ठाउँकाे भिरबाट लडेर मृत्युु भएकाे शिव आबिका प्रअ गाैमा कुमारी बाेहराले जानकारी दिनुभएकाे । प्रअ बाेहराका अनुसार बाेहरा हिजाे साँझ लडेका भएपनि आज करिब बिहान ९ बजेतिर उनकाे सब फेला परेकाे हाे । उनकाे सब बुंगल नगरपालिका १ काँटैकि कला धामिले बनमा स्याउला काटन जाँदा भेटाएकाे थियाे । मृतक बाेहराका घरमा १ छाेरा र ३ छाेरी रहेका छन ।
प्रतिक्रिया जनाउनुहाेस्

























