एमाले बुंगल नगरकमिटीको अधिवेशन फागुन २० र २१ गते गर्ने निर्णय

Image

बझाङ । नेकपा एमाले बुंगल नगर कमिटीले आगामी फागुन २० र २१ गते नगर कमिटीको अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । आज आइतबार बुंगल नगरपालिका–४ स्थित त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा बसेको नगर कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा अन्य महत्वपूर्ण निर्णयहरू पनि पारित गरेएका छन् । फागुन १६ गते प्रतिनिधि छनोट र १८ गते प्रतिनिधि प्रमाणीकरण प्रक्रिया पूरा गरी फागुन २० र २१ गते नयाँ नतृत्व चयनका लागि नगरकमिटी अधिवेशन गर्ने निर्णय गरिएको छ। त्यसै गरी, फागुन मसान्त भित्र नगरपालिकाका सबै वडाहरुको अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ।

त्यसका साथै, नेकपा एकिकीृत समाजवादी पार्टी परित्याग गरेर तठस्थ बसेकाहरु संग तथा अन्य पार्टीबाट प्रवेश गर्नेहरूसँग समन्वय गरी उहाँहरुलाई पार्टीमा समायोजन गर्न नेकपा एमालेले विष्णु प्रकाश जोशीको संयोजकत्वमा ५ सदस्यीय वार्ता तथा समन्वय समिति गठन गरेको छ। आगामी निर्वाचनलाई व्यवस्थित ढंगले सम्पन्न गर्न १६ सदस्यीय मुल निर्वाचन आयोजक कमिटी पनि गठन गरिएको छ।

नेकपा एमाले बुंगल नगर कमिटीका अध्यक्ष मोहन कुंवरको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथिको रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंह उपस्थित हुनुहुन्थ्यो । त्यस्तै विशिष्ट अतिथिमा संविधा सभा सदस्य एवं नेकपा एमाले प्रदेश क्षेत्र नं. ख का इन्चार्ज अफिलाल ओखेडा रहेका थिए। अन्य आमन्त्रीत अतिथिहरूमा नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष दिल बहादुर भण्डारी, सचिव नयन बहादुर बोहरा सहित पार्टी संग आवद्ध सबै नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन