बझाङ – तीन महिना देखि सम्पर्क बिहिन भएका ऐडि आज घरपरिवारकाे सम्पर्कमा आएका छन । बुंगल नगरपालिका वडा नम्बर ८ का नर बहादुर ऐडि आज बिहान घर परिवारकाे सम्पर्कमा आएका उनका छाेरा हर्क बहादुर ऐडिले जानकारी दिनुभयाे । वडा नम्बर ८ ऐडीगाउँ का ४९ वर्षिया नर बहादुर ऐडी ३ महिना देखि घर परिवार बाट सम्पर्क विहिन भएका थिए । उनि घर परिवार र कुनै पनि आफन्त ईस्ट मित्रको सम्पर्कमा नआएको भन्दै उनका छोरा हर्क बहादुर ऐडीले हिजो रेडियो बुंगल लाई जानकारी दिएका थिए । त्यस पछि रेडियो बुंगलले समाचार बनाई हिजो साँझ ७ बजे र बिहान ७ को समाचारमा प्रशारण गरेको थियो । समाचार प्रशारण पछि आज बिहान मात्रै उनी सम्पर्कमा आएको उनका छोरा हर्कबहादुर ऐडीले जानकारी दिएका छन् । घरबाट रोजगारीको लागि भारतको उत्तराखण्ड जान्छु भन्दै गएका र उतैबाट सम्पर्क बिहिन भएका ऐडि आज पिथौरागड को पन्डा भन्ने ठाउँमा सकुशल भेटिएको र उनले अब केही दिन पछी घर आउछु भनेर फोनमार्फत कुरा समेत भएको उनका छोराले जानकारी दिएका छन ।
तिन महिना देखि सम्पर्क विहिन भएका ऐडी घरपरिवारकाे सम्पर्कमा ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन
