बित्थडचिर गाउँपालिका ९ मा एचपिभी खाेप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

Image

बझाङ – बित्थडचिर गाउँपालिका वडा नम्बर ९ काे सामुदायिक स्वास्थ्य इकाई मल्ला धारीमा एचपिभि खाेप अभियान सम्बन्धि १ दिने वडा खाेप समन्वय समितिलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । बित्थडचिर गाउँपालिका स्वास्थ्य शाखा देउलेखकाे आयाेजनामा उक्त कार्यक्रम आज सामुदायिक स्वास्थ्य इकाइ मल्ला धारिमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । माघ २२ गते देखि फागुन ६ गते सम्म पाठेघरकाे मुखकाे क्यान्सर राेकथामका लागि किशोरी लक्षित एचपिभि खाेप अभियान सञ्चालन गर्न लागिएकाे हुंदा खाेपमा संलग्न हुने स्थानियतह स्तरिय खाेप सम्बन्धि समिति ,तथा सराेकारवालाहरुकाे अभिमुखिकरण कार्यक्रम गरिएकाे सामुदायिक स्वास्थ इकाइ मल्ला धारीका प्रमुख डम्मर बिष्टले बताउनु भयाे ।वडाध्यक्ष हरिश्चन्द्र जाेशिकाे अध्यक्षतामा सम्मपन्न उक्त कार्यक्रममा स्वास्थ्यकर्मी , शिक्षक, आमा समुहका महिला, दलित महिलाहरु अन्य सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे । सामुदायिक स्वास्थ्य इकाइ बिष्टका अनुसार वडा नम्बर ९ धारिमा बिध्यालय जाने कक्षा ६ देखि १० सम्मका ६० जनालाई खाेप दिइने लक्ष्य रहेकाे छ । एचपिभि खाेप अभियान माघ २२ गतेबाट फागुन ६ गते सम्म हुने भएकाे भएपनि मल्लाधारी स्वास्थ्य इकाइमा २२ गते १ दिन मात्रै खाेप दिइने हुँदा छुटेका किशाेरिहरुले सुनकुडा स्वास्थ्य चाैकिमा खाेप लगाउन सक्ने पनि प्रमुख बिष्टले बताउनुभयाे । उक्त कार्यक्रममा खाेप अभियानकाे उदेश्य ,पाठेघरकाे मुखकाे क्यानसरकाे अबस्था ,लक्षण, राेगथामका उपाए बारे अभिमुखिकरण गरिएकाे थियाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन