बझाङमा निमाेनियाबाट दुई शिशुकाे मृत्यु ।

Image

बझाङ – बझाङमा निमाेनियाका कारणल दुई शिशुकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बुंगल नगरपालिका ९ का ६ महिने शिशु र केदारस्युँ गाउँपालिका ५ का २ महिने शिशु रहेका छन । विगत केही दिन देखि यी दुईटै नवजात शिशुमा रुघाखोकी र स्वाश प्रस्वाश सम्बन्धित समस्या देखिएको थियोे ।
बुंगल नगरपालिका वडा नम्बर ९ का ६ महिने शिशुको खिरातडी स्वास्थ्य चौकी ल्याउने क्रममा ६ गते बाटोमै मृत्यु भएको थियाे भने त्यसकाे भोलिपल्टै अर्थात माघ ७ गते फेरि केदारस्युँ गाउँपालिका ५ का २ महिने शिशुको पनि खिरातडी स्वास्थ्य चौकीमा उपचार सम्भव नभए पछि डडेलधुरा रिफर गरेकोमा अस्पताल नपुर्याउदै बिचबाटाेमै मृत्यु भएको खिरातडी स्वास्थ्य चौकीमा कार्यरत डाक्टर दिल बहादुर गुर्धामी जानकारी दिनुभएको छ ।

बच्चाहरुलाई समयमा अस्पताल नल्याउने र बच्चा सिकिस्त अवस्थामा पुगे पछि मात्र अस्पताल ल्याउने गर्ने प्रवृतिले बच्चहरुकाे मृत्यु हुने गरेको गुर्धामीले बताउनु भयो । अबका दिनहरूमा अरु सम्पूर्ण आमाहरु तथा अभिभावकहरुले बच्चाहरुमा ज्वोरो ,रुघाखोकी र स्वाश प्रस्वाश सम्बन्धि समस्या देखिने बित्तिकै नजिकैको स्वस्थ्य संस्थामा देखाउन र स्वास्थ्यकर्मिको सल्लाह अनुसार समयमै उपचार गराउन समेत अनुरोध गरेका छन् ।

साथै बुङ्गल नगरपालिका भित्र अनधिकृत र गैर कानूनी रूपमा विभिन्न ब्यक्ति तथा संस्थाले प्रचलित जनस्वास्थ्य ऐन विपरित स्वास्थ सेवा प्रवाह गरिरहेकाे हुँदा यसको प्रत्यक्ष असरले नवजात शिशु तथा बालबालिका र आम नागरिककाे स्वास्थ्यमा जटिल असार पार्ने हुँदा यस्ता कार्यहरु बन्द गर्न अनुरोध गर्नुभयो ।त्यस्तै सम्बन्धित निकायहरुलाई गम्भीरतापूर्वक अनुगमन तथा नियमनको लागि पहल गर्न समेत उहाँले अनुरोध गर्नुभयाे । साथै उनले आम सर्वसाधारण जनता तथा सेवाग्राहीहरुलाइ मन्याताप्राप्त स्वास्थ चौकी र स्वास्थ्यकर्मीहरुकाे सल्लाह अनुसार उपचार गर्न सबैलाई आग्रह गरेका छन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन