बझाङ – बुधबार राती देखी मौसममा आएको परिवर्तनसँगै बझाङका उच्च पहाडी तथा हिमाली भेगमा भारी वर्षा सँगै हिमपात भएको छ ।बझाङकाे बुंगल नगरपालिका, केदारस्युँ गाउँपालिका , दुर्गाथली गाउँपालिका , र साइपाल गाउँपालिका लगायत जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा सँगै हिमपात भएको छ । आज विहानै देखी भइरहेको बर्षा र हिमपातले जिल्लामा चिसो बढेको छ ।भारी वर्षा र हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन । हिमपातका कारण बुंगल नगरपालिका १काे साेला , चकाँडा , गाेइचन , काँडा ,कचाली , सतिवन , २ काे बमाेर , मलेरा , लाैने , मझिवन , त्यस्तै ११ नमबरकाे पुतलिलेख , १० नम्बरकाे टुमेडा , ७ नम्बरकाे डाँडागाउँ ८ नम्बरकाे दशपाला र ६ नम्बरकाे बड्डिज्यावन लगायतका बासिन्दाहरु बढी प्रभावित भएका शिव आबिका शिक्षक गाेरख बहादुर बाेहराले बताउनुभयाे ।
हिउँदे बर्षाले बालीनालीमा भने फाइदा पुगेको भन्दै किसानहरु भने खुसि भएका छन् । बर्षाले बालीनाली तथा हिउँदे फलफूलमा सिँचाइको काम गरेको कृषि प्राविधिकहरुले बताएका छन् । खडेरीले बालीनाली सुक्नै लागेका बेला भएको बर्षाले राहत मिलेको बुंगल नगरपालिका वडा नम्बर १ चकाँका स्थानीय कर्ण बहादुर बाेहराले बताउनुभएकाे छ । सिँचाइ सुविधा नभएका ठाउँमा हिउँदे बर्षाले सिँचाइको काम गरेको छ। हिउँदे बर्षाले बालीनालीमा निकै फाइदा पुगेको स्थानिय बाेहराकाे भनाइ छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिममा वर्षा तथा हिमपात भइरहेको छ । चिसोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।