केदारस्युँ गाउँपालिका – ६ मा पनि राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाइयो ।

Image

बझाङ –आज २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसकाे अवसरमा बझाङकाे केदारस्युँ गाउँपालिका वडा नम्बर ६ मा पनि विभिन्न कार्यक्रम गरि मनाइएकाे छ ।
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत ”भूकम्पले सिकाएको पाठ: बलियाे संरचना र सुदृढ पूर्वतयारीको साथ’भन्ने नाराका साथ केदारस्युँ गाउँपालिका वडा नम्बर ६ काे गाजरीमा पनि विभिन्न कार्यक्रम गरि भुकम्प सुरक्षा दिवस मनाइएकाे हाे ।उक्त कार्यक्रममा दलित सहयाेग समाजकि सहजकर्ता कल्पना नेपालीले भूकम्प आउँदा अपनाउनुपर्ने सावधानीका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराउनु भएको थियो। कार्यक्रममा वडा नम्बर ६ का नागरिकहरू तथा उत्पादक समूहका सदस्यहरूको उपस्थिति थियो।

यस अवसरमा भूकम्पसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो। कार्यक्रममा भूकम्पबाट हुने सम्भावित जोखिम न्यूनिकरण र आवश्यक तयारीबारे व्यापक छलफल गरिएको थियो।  याे दिवस वि. स १९९० साल माघ २ गतेकाे महाभुकम्पकाे सम्झनामा २०७५ सालदेखि मनाउन थालिएकाे हाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन