बुंगल नगरपालिकामा बजार अनुगमन, २५ हजार बढीको अखाद्य वस्तु नष्ट

Image

बझाङ । बुंगल नगरपालिकामा बजार अनुगमन गरी २५ हजार रुपैयाँभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय बझाङ, बुंगल नगरपालिका उद्योग विकास शाखा, र अस्थायी प्रहरी पोष्ट विजगडाको संयुक्त अनुगमन टोलीले विजगडा बजार र झापा बजारमा अनुगमन गरेको हो।

म्याद गुज्रेका सामान बिक्री भइरहेको भन्ने गुनासो बढेपछि गरिएको अनुगमनमा पसलहरूमा मूल्य सूची नराखिएको, म्याद गुज्रेका सामान बिक्री भइरहेको, उत्पादन मिति नखुलाइएको, र दर्ता नगरिएका पसलहरू सञ्चालनमा रहेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका सूचना अधिकारी दशरत जब्रेलले बताए।

अनुगमनका क्रममा किराना पसलहरूबाट म्याद नाघेका चाउचाउ, बिस्कुट, सुजी, चिउरा, मसला जस्ता दैनिक उपभोग्य वस्तुहरू बरामद गरिएका छन्। अनुगमन टोलीले भेटिएका २५ हजार ३४५ रुपैयाँ बराबरका म्याद गुज्रिएका र अखाद्य वस्तु नष्ट गरेको छ। बजार अनुगमनको क्रममा म्याद गुज्रेका तथा अखाद्य वस्तुहरू बिक्री भइरहेको पाइएकोले उपभोक्ताहरूले पनि दैनिक उपभोग्य वस्तु खरिद गर्दा विशेष ध्यान दिनु आवश्यक रहेको बताइएको छ। सामान किनमेल गर्दा उत्पादन र म्याद सकिने मिति जाँच गर्न, पसलमा राखिएको मूल्य सूचीलाई हेरेर सामान खरिद गर्न , दर्ता नगरेका पसलहरूबाट सामान किन्न नहुने भएकाले प्रमाणित पसलहरूबाट मात्र किनमेल गर्न तथा अखाद्य वा म्याद गुज्रेका सामान बिक्री गरिएमा सम्बन्धित निकायमा तुरुन्त गुनासो गर्न आग्रह गरिएको छ।

यस प्रकारको सतर्कताले उपभोक्ताहरूलाई सम्भावित जोखिमबाट जोगाउने र बजार व्यवस्थापनमा सुधार ल्याउन योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन