बुंगल नगरपालिकामा वन महासंघ नगरकार्यसमिति गठन

Image

बझाङ –बझाङको बुंगल नगरपालिकाभित्र रहेका सबै सामुदायिक वनका पदाधिकारीहरूको सहभागितामा सामुदायिक वन महासंघ नगरकार्यसमिति गठन गरिएको छ। शनिबार, जिल्ला वन महासंघका सदस्य जैमल धामीको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमिति अध्यक्षमा हिक्मतराज लुहार ,उपाध्यक्षमा सरिता बोहरा , सचिवमा ममिता कुमारी जोशी,कोषाध्यक्षमा गोविन्द जाग्री  सहित अन्य सदस्यहरू पनि चयन गरी १३ सदस्यीय समिति गठन गरिएको छ।
कार्यसमितिले हिमाली जडीबुटी संरक्षण र नियमन,नगरपालिकाभरिका सामुदायिक वनलाई सक्रिय बनाएर वन(जंगलको संरक्षणमा पहल, सामुदायिक वनका पदाधिकारीलाई तालिम प्रदान,र वन स्रोतको सही व्यवस्थापन गर्दै वातावरणीय संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ। सामुदायिक वन महासंघ नगरकार्यसमिति कोषाध्यक्ष  गोविन्द जाग्रीले नवगठित समितिले वन संरक्षण र स्थानीय वन स्रोतको प्रभावकारी व्यवस्थापनका लागि काम गर्ने जानकारी दिनुभयो ।

स्थानीय वन स्रोतहरूको दिगो विकास र पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक वन महासंघ नगरकार्यसमिति गठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन