नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, आज थप १०४१ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिए ।

योसँगै कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । शनिबारको पछिल्लो विवरण अनुसार नेपालमा अब संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन