बझाङ । बझाङकाे तलकाेट गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । तलकाेट गाउँपालिकाकाे सुनिगाड स्थित तलकाेटबाट चैनपुर तर्फ जाँदै गरेकाे केदारस्युँ गाउँपालिका १ रायलका शमशेर मल्लले चलाएकाे से १ ज ८४३ नम्बरकाे जीप बिहिबार राति साढे ८ बजेकाे समयमा दुर्घटना भएकाे हाे । जिपमा सवार ४ जना मध्य ३ जनाकाे घटना स्थलमै मृत्युु भएकाे छ । मृत्यु हुनेमा गाडि चालक चालक केदारस्युँ गा.पा.१ रायलका ३३ बर्षिय शम्शेर मल्ल ,तलकाेट गाउँपालिका ४ का ३६ बर्षिय बम बहादुर धामी साेहि ठाउँकि ७२ बर्षिया जाेगेनि धामी रहेका छन भने मृतक बम बहादुर धामीकि ५ बर्षिय छाेरी आकृति धामी घाइते भएकी र घाइते बालिकालाई जिल्ला अस्पताल बझाङ पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यलय बझाङले जनाएकाे छ । सुचना अधिकारी लाेकेन्द्र सिंह ठगुन्नाका अनुसार जिप सडकबाट २ सय मिटर तल खसेकाे थियाे ।
बझाङमा जिप दुर्घटना, चालक सहित ४ जनाकाे ज्यान गयाे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













