केदारस्युँ गाउँपालिका – ६ र ७ मा जलवायु मैत्री कृषक पाठशाला अनुगमन कार्यक्रम सम्पन्न ।

Image

बझाङ । केदारस्युँ गाउँपालिकामा जलवायु मैत्री कृषक पाठशाला अनुगमन कार्यक्रम सम्पन्न भएकाे छ ।
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत केदारस्युँ गाउँपालिकाकाे वडा नम्बर ६ र ७ मा जलवायु मैत्री कृषक पाठशाला अनुगमन गरिएकाे छ ।

उक्त अनुगमन परियोजना संयोजक रमेश माली र फिल्ड अधिकृत किरण थापाको उपस्थितिमा स्थानीय कृषकहरूका गतिविधि र प्रगतिको अवलोकन गरिएको थियो। अनुगमन कार्यक्रममा स्थानीय कृषकहरूले परियोजना टिमको भव्य स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

यो परियोजना जलवायु अनुकूल खेती प्रणालीमा कृषकहरूलाई सशक्त बनाउँदै उत्पादनशीलता बढाउन र वातावरणमैत्री कृषि प्रविधिको विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिएको हाे । परियोजना टिमले स्थानीय कृषकहरूसँग प्रत्यक्ष संवाद गरी अनुभव आदान प्रदान समेत गरेका थिए। उक्त  अनुगमनले कृषकहरूलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन