ढलेर बेहोस भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐर रहेका छन । रातीनै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन