बझाङ। केदारस्युँ गाउँपालिका वडा नम्बर ७ मा किसानहरुलाई कृषि सामाग्री बितरण गरेकाे छ । दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत प्रदर्शन प्लटमा कृषि सामग्री वितरण बितरण गरिएको छ । जस्तै यु भि प्लास्टिक टनेल , जिक ज्याक प्रोफाईल, ईन्सेक्ट नेट,सिकेचर तरकारीको बीउ टमाटर , काक्रा, काउली, बन्दा थोपा सिचाइ , झोलमलको लागि ड्रम ,हजारी, स्प्रेयर,मोहनी पासो,डिजिटल तापक्रम र आद्रता नाप्ने मेशिन ,ई एम झोल आदि केदारस्युँ गाउँपालिका वडा नम्बर ७ का १० उत्पादक समुहका ५ जना किसान लाई उक्त सामाग्री बितरण गरिएको छ। फलामे टनेल मौसमका कारण आउन नसकेको र केही दिनमै पुग्ने परियोजना संयोजक रमेश मालीले बताउनु भयो ।
यो कार्यक्रम किसानहरूको लागि सिकाइ केन्द्रको रूपमा प्रयोग भएको छ, जसले उनीहरूको उत्पादनशीलता र सीपमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। कार्यक्रम पछी किसानहरू खुसी देखिएका छन्।
वडा नं। ७ का बहादुर बोहराले आफ्नो धारणा राख्दै भने, दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगले अहिले हामी र हाम्रो उत्पादक समूहले धेरै कुरा सिक्न पाएका छौँ। यस्ता अवसरका लागि धन्यवाद व्यक्त गर्नभयो ।
यो कार्यक्रमले स्थानीय किसानहरूको क्षमता अभिवृद्धि गर्दै कृषि उत्पादनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनमा पनि यस्ता पहलहरूले किसानहरूको जीवनस्तर उकास्ने अपेक्षा समेत गरिएको छ।

























