बुंगलमा जारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केदार मावि देउलीकोटको अग्रता

Image

बझाङ । बुंगल नगरपालिकामा चौथो संस्करणका रूपमा सञ्चालन भएको नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अहिलेसम्म केदार माध्यमिक बिद्यालय देउलीकोटले अग्रता लिएको छ।  बुंगल नगरपालिका खेलकुद समितिको आयोजनामा यहीँ पौष १० गतेदेखि जारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको चौथो संस्करणमा केदार माबि देउलीकोटले अहिलेसम्म अग्रस्थान कायम राखेको हो ।

नगरपालिका भित्रका १४ वटा माध्यमिक बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा अहिलेसम्म खेलाइएका विभिन्न खेलमा केदार माबि देउलीकोटले ४ स्वर्ण १ रजत ३ काश्य गरि जम्मा ८ पदक प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । दुर्गा माबि सिमालीले ३ स्वर्ण २ रजत २ कास्यँ गरि जम्मा ७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै महेन्द्र माबि गैरीज्यावनले २ स्वार्ण १ रजत १ काश्य गरि जम्मा ४ पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । कन्या माबि बटुलसेराले २ स्वर्ग १ रजत १ काश्य गरि जम्मा ४ पदक प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । त्यस्तै कफलसेरी माबि कफलसेरीले १ स्वर्ग ३ रजत २ काश्य गरि जम्मा ६ पदक प्राप्त गरेको छ । सरस्वती माबि बिजगडाले १ स्वर्ग ३ रजत ५ काश्य गरि जम्मा ९ पदक प्राप्त गरेको छ भने सत्य माबि तोलिचौरले १ स्वर्ग १ रजत गरि जम्मा २ पदक प्राप्त गरेको छ । रत्न माबि खोल्लेख र शिव माबि पातलले १,१ स्वर्ग मात्रै प्राप्त गरेका छन । भगवती माबि सोला ३ रजत र चन्द्र माबि गिरौले १ रजत प्राप्त गरेको छ । महादेव माबि अठपाली र शारदा माबि शैनोडिले १ काश्य प्राप्त गर्दा सिताराम माबि डौडले कुनै पनि पदक हात पार्न नसकेको बुंगल नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर कुंवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन